२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्नका लागि २० जनाले दिए आवेदन

राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्नका लागि २० जनाले दिए आवेदन

2.6K
Shares

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि २० जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम मिति आज वैशाख २७ गतेसम्ममा २० जनाको आवेदन परेको बैंकले जनाएको छ।

आवेदन दिनेमा अगम मुखिया, रामदेव यादव, दुर्गा कुमारी कँडेल (छतकुली), पवन रेग्मी, नरेशराज अर्याल, विष्णुदेव यादव, प्रकाशचन्द्र अधिकारी, विष्णुबाबु मिश्र, डा. रामराज उपाध्याय, दीर्घबहादुर अर्याल, तथा देवेन्द्र रमण खनाल, शंकर कुमार रायमाझी , झविन्द्र खत्री, कृष्णबहादुर अधिकारी, गणेश प्रसाद गौतम, शंकर केसी, सुरेश देवकोटा, प्रमोदबाबु तिवारी, माधव प्रसाद रेग्मी र कृष्णप्रसाद आचार्यले आवेदन दिएका छन् ।

अब बैंकको सीइओ छनौट समितिले प्राप्त आवेदनमध्ये उम्मेदवारकोे शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गर्ने छ। त्यसपछि ति ५ जनाको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अङ्कको योग्यताको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने तीन जनालाई सञ्चालक समिति समक्ष सिफारिस गर्ने छ।जसमध्ये बाट संचालक समितिले एक जनालाई सीइओ नियुक्त गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीइओ पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij