काठमाडौं – शुक्रबार सुनचाँदीको मुल्य बढेको छ। बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य पनि २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य ५० रुपैयाँले बढेर तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij