काठमाडौं – नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई “कर्पोरेट एक्सिलेन्सी अवार्ड” बाट सम्मानित गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन पत्रसहित खादा लगाएर सम्मान गरेका हुन्।
अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए। उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij