२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक

दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक

625
Shares

काठमाडौं – नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत ‘जापानी टाइफन’ सार्वजनिक भएको छ करिब १ बर्ष अघि नेपाल आएर गीती एल्बम सार्वजनिक गरेकी गायिका झाले गायक महेश मुखिया संगको सहकार्यमा नयाँ गीत बजारमा ल्याएकी हुन् । लोक डान्सिङ शैलीको गीतमा डा. बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ।
प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसन (Seven Wheels Creation)को यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक महेश मुखियाको यसअघि ‘केहि दिन म टाढ हुँदै छु’,’माथी माथी लेकमा’, ‘सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ गीतहरु दर्शकले रुचाइएका गीतहरुमा पर्छन ।

https://youtu.be/XRpqPRz2Hew

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij