२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त

590
Shares

काठमाडौं- मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । वैैशाख २० बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसँग अन्य विभिन्न संस्थाको उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव छ । उनले हाथवे फाइनान्स कम्पनी (हालको ग्लोबल आइएमई बैंक) मा विसं २०७४ देखि २०७६ सम्म सञ्चालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकिय भूमिकामा निर्वाह गरेका छन् । ढकालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक पनि गरेका छन् । आफ्नो बृहतकार्य अनुभव र दक्ष व्यवस्थापकिय क्षमताका कारण बोर्डका नवनियुक्त सञ्ंचालक लिलानाथ ढकालले आगामी दिनमा मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने सेवाको विस्तार र अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij