काठमाडौं – सिद्धार्थ बैंकले इन्फीकेयरअन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको उपाधी जितेको छ । राजधानीमा आज ढुकु स्पोटस हवको फाइनल खेलमा एनआइसी एसिया बैकलाई हराउँदै सिद्धार्थ बैंकले इन्फीकेयरअन्तर रेमिट्यान्स कर्पोरेट फुटसल प्रतियोगिताको चौथो सिजनको उपाधी जितेको हो । सिद्धार्थले ३ गोल गरेको थियो भने एनआइसीले २ गोल गरेको थियो ।
यस प्रतियोगितामा कुमारी बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सिटी एक्प्रेसट्रान्सफर, सम्सरा रेमिट, आइपे रेमिट, अन्नपूर्ण रेमिट, हिमालय बैंक, जेमि रेमिट, इसेवा मनि ट्रान्सफर सहभागिता रहेका थियो ।
इन्फीकेयरले फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij