२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थ केयरमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थ केयरमा विशेष छुट

595
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ सेयर सेन्टरबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै छिट्टै नै आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा एक हजार रुपैयाँदेखि २५ सयसम्मको छुट व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij