२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुरण क्षेत्रीको गीत ‘चोटहरू हिर्काउछन्’ र ‘कहाँ छ स्वर्ग’को श्रव्यदृश्य सार्वजनिक

पुरण क्षेत्रीको गीत ‘चोटहरू हिर्काउछन्’ र ‘कहाँ छ स्वर्ग’को श्रव्यदृश्य सार्वजनिक

875
Shares

काठमाडौँ – कवि तथा गीतकार पुरण क्षेत्रीको गीत ‘चोटहरू हिर्काउछन्’ र ‘कहाँ छ स्वर्ग’को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रतिष्ठानका कुलपति निशा शर्मा र उपकु्लपति शम्भु राई, वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारी लगायत सर्जकको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो ।
गीतकार क्षेत्रीको शब्द रहेको गीतमा सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । ‘कहाँ छ स्वर्ग’ गीतमा रामकृष्ण ढकाल र कुश्मा महरा ‘प्रगति’ को स्वर रहेको छ भने चोटहरू हिर्काउँछनमा महराको एकल स्वर रहेको छ ।
गायिका महरा प्रतिष्ठानकी सदस्य सचिव रहेकी छिन् । गीतकार क्षेत्रीरोल्पा नगरपालिकाका पूर्व मेयर हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij