काठमाडौं – आज साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक १५ दशलमव ६२ अंकले घटेर १,९५८ दशमलव १९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ६२ कम्पनकिो शेयर मूल्य बढेको छ भने १७७ कम्पनकिो शेयर मूल्य घटेको छ ।
सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१६ प्रतिशत, हाइड्रोपावर समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij