काठमाडौँ- वैशाख २० गते बिहीबारका दिन प्रभु बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा उक्त साधरणसभा सम्पन्न भएको हो। बैंकले लाभांश प्रस्ताव बिना नै सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ ।
साथै सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको हो । उक्त २२औँ वार्षिक साधारण सभामा विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij