काठमाडौं – सरकारले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
समितिका तत्कालीन अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै रिक्त भएको समितिको अध्यक्षमा गौतम नियुक्त भएका हुन् ।
सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारीको सम्पत्ति खोजबिन तथा दायित्व फरफारकका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । ऐनको व्यवस्थाअनुसार संघीय सरकारले २९ पुस २०७४ मा ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij