बझाङ- बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) ले जितेको छ। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij