२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संस्थापक बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख १० हजार १८७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ता न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij