२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शशी विक्रम उप्रेतीको “बाचुन्जेली लिइरहन्छु तिम्रै नाम” सार्वजनिक

शशी विक्रम उप्रेतीको “बाचुन्जेली लिइरहन्छु तिम्रै नाम” सार्वजनिक

5K
Shares

काठमाडौं – लोकदोहोरी गित “बाचुन्जेली लिइरहन्छु तिम्रै नाम”को म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै वरिष्ठ लोक गायक शिवनारायण जोशीको प्रमुख आतिथ्यतामा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । गायक उद्धव कार्की र गायिका कोपीला तामाङ वाइवाको स्वर रहेको यस गीतमा शशि विक्रम उप्रेतिको शब्द रचना र कविता दुलालको लय रहेको छ ।
मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा गीतकार उप्रेतिको साथमा मोडल शोभा त्रिपाटीको अभिनय रहेको छ । रोशन धितालको सम्पादन रहेको भिडियोलाई विशाल गोङबाले छायांकन गरेका छन् । गीतलाई शिवपुरी म्युजिकले बजारमा ल्याएको छ ।

विमोचन कार्यक्रममा गीतमा संलग्न कलाकारका साथमा अन्य कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । विमोचन कार्यक्रममा चचिर्त कलाकारहरुको उपस्थिती रहेको थियो । नायक रवि कार्की, शोभा त्रिपाटी, सरोज लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij