काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनिया बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव रहेको छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा प्रबेश गरेका थिए ।
खनियाले हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij