२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंक र आईएनजीए सपिङ कम्प्लेक्सबीच सम्झौता

कामना सेवा विकास बैंक र आईएनजीए सपिङ कम्प्लेक्सबीच सम्झौता

880
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तैः कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन्। ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवासुविधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij