२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शनिवार ‘नेपाल फेसन फेस्टिभल’ को लागि अडिसन

शनिवार ‘नेपाल फेसन फेस्टिभल’ को लागि अडिसन

1.4K
Shares

काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ आयोजना गर्दैछ ।आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म अर्थात मे २४ देखि २६ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने नेपाली फेसन जगतको यो वृहत महोत्सव ‘नेपाल फेसन फेस्टिभल’ मा तीनै दिन हरेक साँझ फेसन रनवे (फेसन शो) समेत आयोजना हुँदैछ ।

यसैबीच, उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्ने भएको छ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि यही वैशाख १५ गते शनिवार अर्थात अप्रिल २७ का दिन सानेपाको हेरिटेज गार्डेनमा ‘मोडल कास्टिङ कल’ अर्थात अडिसन कार्यक्रम आयोजना गरिँदैछ । उक्त अडिसनका लागि यहाँ दिइएको लिंकमा क्लिक गरेरसमेत फाराम भर्न सकिने छ ।

१८ वर्षभन्दा माथिका युवा, युवतीहरुले फेसन शोमा क्याटवाक गर्नका लागि अडिसन दिन सक्नेछन् । शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना हुने अडिसनमा सहभागिता जनाउन भोलि शुक्रवार साँझसम्ममा आवेदन फाराम अनलाइन मार्फत भरिसक्नु पर्नेछ ।

‘नेपाल फेसन फेस्टिवलको मोडल्स स्क्वायडमा आवद्ध हुँदै मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवा–युवतीहरुलाई हामीले प्लेटफर्म दिने योजना बनाएका हौं’, आयोजक फेसन नेटवर्क नेपालका संस्थापक/निर्देशक प्रशान्त ताम्राकार भन्छन्– ‘तीन दिने फेसन महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको रनवेलाई हामीले स्टाइल, ब्यूटी तथा सिर्जनात्मकताको शो केशको रुपमा आयोजना गरेका छौं । त्यसैले १८ वर्षभन्दा माथिका सबै जनाले यो अडिसनमा भाग लिएर आफ्नो मोडलिङ करियरको यात्रा प्रारम्भ गर्न सक्ने छ ।’

नेपालको फेसन उद्योगसंग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था, सौन्दर्य सामग्री उत्पादक कम्पनिसहित दर्जनौं प्रतिष्ठानहरुले सहभागिता जनाउने ‘फेसन फेस्टिभल नेपाल’ लाई ऐतिहासिक रुपमा सफल बनाउन आयोजक संस्था फेसन नेटवक नेपाल लागि परेको छ । अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार (संस्थापक/निर्देशक- फेसन नेटवर्क नेपाल/कोरियोग्राफर/अभिनेता), राजभाइ सुवाल (फेसन फोटोग्राफर), दीपा गुरुङ (ब्यूटी इन्टरप्रेनर), डा.सरीशा श्रेष्ठ (मिस नेपाल अर्थ-२०२२), यूबि थापा (इन्टरनेशनल फेसन डिजाइनर) रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij