२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

855
Shares

काठमाडौं– ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई नियुक्त गरेको छ । क्यापिटलको बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले स्वतन्त्र सञ्चालक पदमा गौतम र वशिष्ठलाई नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याडको सहायक प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, डोङ ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसिएट भई कार्य गरेको अनुभव रहेको छ ।

यस्तै, सि.ए. मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आइएफआरएस समेत गरेका छन । विशेष गरी एसएमइ क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुकोलागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सि.ए वशिष्ठसंग स्वीस राजदुतावास तथा युएसएड को एसएमइज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव रहेको छ ।

नवनियुक्त स्वतन्त्र सञ्चालक द्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
स्वतन्त्र सञ्चालक द्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनीहरुले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेमा विश्वस्त रहेको क्यापिटलले जनाएको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij