२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

775
Shares

काठमाडौ- कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij