काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स लि.को १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखिएको हो।
यो शेयर खरिदका लागि हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद निवेदन दिनुपर्नेछ।
इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र काठमाडौंको सुन्धारा सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij