२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट

1.1K
Shares

काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड कम्पनीले काठमाडौंको पुतलीसडकस्थित डिलाइट टेलरिङ सेन्टरसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेका छन्।

फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij