२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

590
Shares

काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.को १ लाख ४० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न शेयर कित्ता र मूल्यसमेत खुवाई निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij