२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

2K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

जो कोही व्यक्ति, संस्था वा कम्पनीले यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने आवेदन माग गरिएकोमा उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij