काठमाडौं – बैशाख ५ गते बुधबार अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन अर्थात बैशाख ४ गते मंगलबार उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको डलरको मूल्यले यस दिन सो रेकर्डलाई तोडेर अर्को रेकर्ड बनाएको हो।
नेपाल राष्ट्र बैंक अनुसार यस दिन डलरको बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ। अर्थात अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ।
मंगलबार डलरको मूल्य १३३ रुपैयाँ ८३ पैसा थियो। बुधबार १३ पैसाले भाउ बढेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij