काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ।
वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाइमा लग्न बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताए।
साथै, बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij