२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

1.5K
Shares

काठमाडौं – आज मंगलबार पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैकिङ समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij