काठमाण्डौँ- “वाईवाई चाउचाउ” ले पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।
निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’
वाईवाईले लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व कायम गरिरहेको छ । अहिले भने करेन्ट जस्ता नयाँ ब्राण्डले वाईवाईलाई नयाँ चुनौति दिईरहेका छन् । जसले गर्दा कम्पनीले नयाँ व्यवसायिक रणनीति बनाउँनका लागि आईपीओ निष्कासन गरेर सेयर बजारबाट स्रोत जुटाउने तयारी गरेको हुनसक्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij