२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा

1.4K
Shares

काठमाडौं– प्रभु बैंकले पोखरामा अर्काे शाखा विस्तर गरेको छ । पोखराको नयाँ गाउँमा बैंकले ३०२औं शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकको नयाँगाउँ शाखा कार्यालयको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन्  । शाखा कार्यालयको उद्घाटन गर्दै  गौचनले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij