२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड

सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड

4.7K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । यो मूल्य हालसम्मकै उच्च हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । ।

त्यस्तै, तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij