२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

2.1K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४१ करोड नाघ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij