काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले चैत्र ३० गते शेयर बाँडफाँड गरेको हो।कम्पनीले चैत १२ देखि चैत्र २० गतेसम्म शेयर लिलाम गरेको थियो। हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाम गरेको थियो । कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००– अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो ।
लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज वैशाख ३ गते गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले भनेको छ ।
उक्त लिलामीको शेयरको कट अफ मूल्य १४५ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij