काठमाडौं – आइतबार सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य ५० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij