काठमाडौं – टोखा नगरपालिका वडा २ मा रहेको श्रीसिद्धिविनायक सपनतिर्थ मन्दिरमा बैशाख १ गते विशेष मेला लाग्ने गर्दछ । यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । आज सपनतीर्थमा स्नान मेला पनि शुरू भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि शुरू भएको छ ।
मन्दिरमा पुजा गर्ने भक्तजनहरुको बाक्लो उपस्थिती रहने गर्दछ । आज शनिबार नयाँ वर्षको दिन यस मन्दिरमा भक्तजनहरुको उपस्थिती ठुलो संख्यामा रहेको थियो । विहान टोखा नगरपालिकाको विशेष निमन्त्रणामा राष्टपति रामचन्द्र पौडेलले विशेष पुजा गरेका थिए । उक्त अवसरमा क्षेत्र नं. ५ का सांसद प्रदिप पौडेल, नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसी वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मेलामा व्यवसायीको लागि मौका पनि भएको देखिन्छ । ठुलो संख्यामा मानिस आउने भएको हुँदाँ पनि विभिन्न ठाउँबाट व्यापारीहरु समान वेच्नका लागि समानहरुको स्टल राखेका थिए । सुस्ताएको मन्दिलाई यस मेलाले केहि हदसम्म भएपनि व्यापारीलाई राहत प्रदान गरेको देखिन्छ भने उपभोक्ताले पसलमा पाउने भन्दा केहि सस्तोमा सामान पाएका थिए ।
घरायसी समानदेखी कपडा, खेलौना, भाडाकुडाँ, खानेकुराहरुको स्टलहरु सडक वारीपारी देखिन्थ्यो ।







© 2026 All right reserved to arthanepal.com | Site By : Sobij