२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ८ हजार ९२० कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले आफूले के–कति दरमा शेयर खरिद गर्ने हो, सो खुलाई काठमाडौंका लाजिम्पाटस्थित बैंकको शेयर शाखामा सम्पर्क निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij