२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोकार ?

सुनको मुल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोकार ?

3.5K
Shares

काठमाडौं – २०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य प्रतितोला २४०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कारोबार भएको छ । सुनको मुल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

बिहीबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८६ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij