काठमाडौं- नेपाली बजारमा सुनको मुल्यले हरेक दिन बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार पनि सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ३६ हजार २ सय रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १६ सय ८५ रूपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij