काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको सर्ट लिस्ट तयार भएको छ ।
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो ।
धितोपत्र बोर्ड स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा तत्कालिन बीमा प्राधिकरणका अध्यक्ष चिरिन्जीवी चापागाई,धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा. नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सन्तोष नारायण श्रेष्ठ रहेका छन्।
अब यीमध्येबाट ३ जनाको नाम बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस हुने छ । सरकारले त्यसमध्ये १ जनालाई नियुक्त गर्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij