२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

2.4K
Shares

काठमाडौं– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको कम्पनिको चैत्र २५ गते आईतबार साधारण सभा चितवनको सौराहामा सम्पन्न भएको छ । उक्त साधारण सभाले आब २०७९र८० को बार्षिक प्रतिवेदन पारित गरी आ।ब। २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिसत नगद लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर पश्चात अब संस्थाको चुक्ता पूँजी रु. १ अर्व ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २२ औं वार्षिक साधारण सभामा आ।ब। २०७९–८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।
संस्थाको ७३ जिल्लामा १५६ शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij