धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।
विश्वासको मत पाउने सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो । मुख्यमन्त्रीकाे राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएकाे छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij