२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुनमा १ खर्ब २२ अर्बकाे रेमिट्यान्स भित्रियो

फागुनमा १ खर्ब २२ अर्बकाे रेमिट्यान्स भित्रियो

2.1K
Shares

काठमाडौं–  नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना अर्था फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको

सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij