२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

4.1K
Shares

काठमाडौँ – नेपाली बजारमा  निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले पुनः बिहिबार पनि हालसम्मकै उच्च भएको हो ।

आज मात्र सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij