काठमाडौं- विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम.को नेपालका लागि आधिकारिक वितरक– भि.जि. ईम्पेक्स प्रालिले नेपाली नयाँवर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ।
यो विशेष योजना नेपाली नयाँवर्ष स्वागत गर्न जि.डब्लु.एम.का लोकप्रिय मोडेलहरु हाभल–एचसिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिक-अप गाडीहरुमा विशेष र आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ।
जि.डब्लु.एम.का मोडेलहरुमा ल्याइएका यी अफर मार्फत् ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन्, ओरा ०३ ईभीमा नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित पाँच लाख सम्मको फाइदा पाउनेछन, हाभलका एच्सिक्स, र जोलायनमा आठ लाख पचास हजारसम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथैका आकर्षक अफर राखिएको छ। पावर पिक-अप गाडीहरुमा दश लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेका छन् । यी सुविधाहरू मार्फत् अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँवर्ष अविष्मरणीय बनाउन सक्नेछन्।
जि.डब्लु.एम. नेपालले अटोमोटिभ उत्साहीहरूलाई उनीहरूको ड्राइभिङ अनुभवमा प्रभाव र लक्जरीका अतुलनीय फाइदाहरू ल्याउने विशिष्ट सम्झौताहरूका साथ यो नयाँवर्ष विशेष बनाउने मौका प्रदान गरेको छ। ग्राहकहरुले जि.डब्लु.एम.को शोरूममा गई टेस्टड्राइभ गर्न सक्नेछन् साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर शुरुवातको लागि विशेष रहेको छ। यी विशेष सम्झौताहरूलाई जि.डब्लु.एम.को शोरूममा तिनीहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।
ओरा ०३ इभीः पाँच लाखसम्मको फाइदा
यो नयाँवर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि.डब्लु.एम.को प्रीमीयम ओरा ०३ ईभीमा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनसको सुविधा प्राप्तगर्न सक्नेछन्।
ग्राहकहरुले यसको स्टाईल र लक्जरीको साथ, निशुल्क सात किलोवाट फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा आठ वर्ष सम्म एक लाख पचास हजार कि.मी. वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन्।
हाभल एचसिक्स,र जोलायनः आठ लाख पचास हजारसम्मको फाइदा
हाभल– एच् सिक्स, र जोलायनमा ग्राहकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८ लाख ५० हजार सम्मका नगद फाइदाहरू र अन्य लिन सक्नेछन्। साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँवर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउने छ।
पावरः १० लाखसम्मको फाइदा
जि.डब्लु.एमकोे पावर पिक-अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभवतथा१०लाख सम्मको फाइदाहरू लिन सकिनेछ । इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक-अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij