काठमाडौं- आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ४३ अंकले घटेर २,००६ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
बुधबार १० उपसूचक राताम्य भएका छन् । बजार झिनो अकंले ओरालो लाग्दा बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको ०.६३ प्रतिशत र होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij