काठमाडौं– ग्लोबल आइएमई बैंकको कार्ड सेवा एक घण्टा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार उक्त सेवा चैत २१ गते बुधबार राति २ बजेदखि ३ बजेसम्म बन्द रहने भएको हो ।
बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’(नेप्स) को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । यस समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij