२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

1.9K
Shares

काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।
आज बसेको कम्पनीको संचालक समितिको बैठकले निर्धारण गरेको हो । लगानीकताएहरुले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गर्ने छ । साथै, हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ ।

कम्पनीले वैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ । सोही साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij