२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकको खाता प्रयोगकर्तालाई जारी गर्यो यस्तो सूचना

ग्लोबल आइएमई बैंकको खाता प्रयोगकर्तालाई जारी गर्यो यस्तो सूचना

182.8K
Shares

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका खातावाला ग्राहकका लागि बैंकले जरुरी सूचना जारी गरेको छ।

बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा.बैंकले तोके बाहेक) खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिटरक्रेडिट) जारी गर्न नपाईने व्यवस्था रहेको हुनाले यस बैंकमा स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि ररवा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिटरक्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरुलाई यो सूचना जारी गरेको जनाएको छ ।

सूचना जारी भएको ७ दिन भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट-क्रेडिट) तथा खाता बन्द गर्न आग्रह समेत गरेको छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

कारोवार नभएका खाताहरु समेत बैंक आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहक महानुभावहरुले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गगर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij