काठमाडौं – आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अंकले घटेर २,०१० को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । मंगलबार ७ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१८ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५७ प्रतिशत र हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य घटेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij