काठमाडौं– सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । सोमबार १ हजार ६०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मुल्य मंगलबार ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मुल्य १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको मुल्य १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij