काठमाण्डौ – हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक सेयरहरुको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij