काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडको ६२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ।
यो शेयरमा अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि सर्वसाधारण जोकोही व्यक्ति तथा संस्थालाई कम्पनीको शेयर बिक्री खुला गरिएको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
बिक्रीमा राखिएको शेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्नुपर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij